INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका फरार आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–४ की ३१ वर्षीया मुस्कान भन्ने बिमा थापामगरको २०८० कात्तिक २९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले फरार आरोपित धनगढी उपमहानगरपालका–५ का ३० वर्षीय जनक देउवा र सोही ठाउँका २८ वर्षीय संजिव चौधरीलाई ०८१ असोज ५ गते गिरफ्तार गरेको छ ।

हत्या गरिएकी थापामगर र आरोपितद्धय लागुऔषध सेवन कर्ता रहेका र आरोपितद्धयले २०८० कात्तिक २९ गते थापामगरलाई बोलाई बलात्कारपछि हत्या गरेर फरार रहेका आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले बताउनु भयो ।

धनगढी उपमहानगरपालिका–६ स्थित सरस्वती सामुदायिक वनमा ०८० मङ्सिर ६ गते महिलाको शव फेला परेपछि घटनाको अनुसन्धान भइरहेको र ११ महिनापछि फरार आरोपितद्धयलाई गिरफ्तार गर्न सफल भइएको एसपी विष्टले बताउनु भयो ।

शवको पोष्टमार्टम ०८० मङ्सिर ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी आफन्तलाई. बुझाइएको थियो ।

अन्य

भिडियो