INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सुखिपुर नगरपालिका-३ का ३५ वर्षीय रियाज अन्सारी भनिने रियाज मियाँ विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ २५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश टेक बहादुर कार्कीको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०८० वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १८ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १८ गते भएको थियो ।

आरोपित विरुद्ध ०८१ वैशाख ६ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो