INSEC Online

📅 २०८३ जेष्ठ २१

टिआरसी ऐनले पूर्व बालसेनालाई न्याय नगर्ने भन्दै सर्वोच्चमा रिट दायर

सङ्क्रमणकालीन न्यायसम्बन्धी तेस्रो संशोधन विधेयकले पूर्व बालसेनालाई नसमेटेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन बिष्टले भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको बताउनु भएको छ ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०८१ ले पूर्व बाल लडाकुलाई सम्बोधन नगरेको हुँदा सोको सम्बोधनका लागि सशोधनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

उक्त रिटमा भदौ ३० गतेका लागि सुनुवाइको पेशी तोकिएको रिट दायरकर्ता लेनिन विष्टले जानकारी दिनुभएको छ ।

writ filed1

writ filed2

 

writ filed3

writ filed4

अन्य

भिडियो