सङ्क्रमणकालीन न्यायसम्बन्धी तेस्रो संशोधन विधेयकले पूर्व बालसेनालाई नसमेटेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन बिष्टले भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको बताउनु भएको छ ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०८१ ले पूर्व बाल लडाकुलाई सम्बोधन नगरेको हुँदा सोको सम्बोधनका लागि सशोधनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
उक्त रिटमा भदौ ३० गतेका लागि सुनुवाइको पेशी तोकिएको रिट दायरकर्ता लेनिन विष्टले जानकारी दिनुभएको छ ।



