मल्लेख गाउँपालिका–२ निवासी पत्रकार महासंघ, अछामका साधारण सदस्य पत्रकार लालबहादुर चदारालाई ०८१ भदौ १७ गते कुटपिट गरेको आरोपमा प्रहरीले मेल्लेख गाउँपालिका–५ का गोकुल बोहरा र गौतम साउदलाई ०८१ भदौ १९ गते गिरफ्तार गरेको छ ।
रेडियो जनप्रिय एफएम, साँफेबगरले मल्लेखमा आयोजना गरेको तिज प्रतियोगितामा सहभागी भएका पत्रकार चदारालाई मदिरा सेवन गरेका बोहरा र गौतमले कुटपिट गरेपछि गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी ईश्वरी भण्डारीले बताउनु भयो ।
पत्रकार चदारालाई कुटपटि गरी मल्लेख प्रहरी चौकीको प्राङ्गणमा समेत आरोपितद्धयले गालिगलौज गरेपछि दुबै जनालई गिरफ्तार गरिएको र पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी भण्डारीले बताउनु भयो ।
कुटपिटबाट टाउँको र खुट्टामा चोट लागि घाइते भएका पत्रकार चदाराको स्वास्थ्य उपचार भदौ १७ गते बन्देवासनी स्वास्थ्य चौकीमा गरिएको थियो ।
पत्रकारले लेखेका विषय वा अन्य कुनै कारण भए कनुनी उपचारमा जान सकिने विकल्पलाई छोडेर सार्वजनिक स्थलमै स्थानीय पत्रकार चदारालाई कुटपिट गर्नु निन्दनीय तथा प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको ठहर गर्दै नेपाल पत्रकार महासंघ, अछामले भदौ २० गते विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नहरुलाई कारबाहीको माग समेत गरेको छ ।
