INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाणिनि गाउँपालिका-४, भर्तापुर गेजाका ३६ वर्षीय थुने भन्ने पोमबहादुर रास्कोटीलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्री शिबलाल पाण्डेयको ०८१ भदौ १८ गतेको इजलासले कसुर ठहर गर्दै एक वर्ष कैद सजाय, ४० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई पुनले ०८१ असार ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । रास्कोटीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १० गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भएको थियो ।

अन्य

भिडियो