INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–२ रावतकोटका ३२ वर्षीय बीरेन्द्र बिष्टलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपित बिष्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।

घरमा सुतिरहेकी महिलालाई साउन ४ गते राति बलात्कार भएको भन्दै पीडित पक्षले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पतालमा भयो ।

आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान थाल्न जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको इन्स्पेक्टर मगराठीले जानकारी दिनुभयो ।

अन्य

भिडियो