फक्ताङलुङ गाउँपालिकाको भवनमा पहिरोले क्षति पुर्याएपछि सेवा प्रवाहमा समस्या भएको छ ।
भारी वर्षापछि ०८१ साउन ४ गते विहानका रातिको पहिरोले गाउँपालिका भवन पुरेपछि सेवा प्रवाह प्रभावित भएको हो ।
अविरल वर्षासँगै आएको बाढी र पहिरो गाउँपालिकामा पसेपछि साउन ४ गतेबाट सेवा प्रवाभित भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो ।
गाउँपालिकाको भवन माथिबाट खसेको लेदो र हिलो भरिएको छ । हिलोले सभाहलमा क्षति पुगेको अध्यक्ष लिम्बूले बताउनु भयो । अध्यक्ष लिम्बूले भन्नुभयो,“ गाउँपालिकाकाको भवन माथिबाट पहिरो र बाढीसहितको लेदो भरिएपछि सभाहलमा क्षति पुगेको छ, प्रशासनिक भवन आसपास लेदो र हिलो अत्यधिक पसेका कारण सेवाप्रवाह रोकिएको छ ।
अध्यक्ष लिम्बूले भन्नुभयो- हिलो सरसफाइ र पहिरो पन्छाउने काम भइरहेको छ, साँझ सम्म सकियो भने भोलिबाट सेवा प्रवाह हुन्छ । आज सेवा प्रवाह गर्न सक्ने अवस्था छैन । पहिरोले स्थानीय सुवास लिम्बूको घरमा क्षति पुर्याएपछि उहाँको १० जनाको परिवारलाइै सुरक्षित स्थानमा सारिएको छ ।
बाढी पहिरोले फक्ताङलुङ गाउँपालिका-४ विपुधापका तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण एक घर पूर्ण विस्थापित र दुई घरमा आंशिक क्षति पुगेको स्थानीय राजीव मावोहाङले बताउनु भयो । फक्ताङलुङ गाउँपालिका-५ सिसावाका चार ओटा घर विस्थापित भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ साँघुका १० घर उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूको भनाइ छ ।








