INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाको भवनमा पहिरो, सेवा प्रवाहमा समस्या

फक्ताङलुङ गाउँपालिकाको भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाहमा समस्या भएको छ ।

भारी वर्षापछि ०८१ साउन ४ गते विहानका रातिको पहिरोले गाउँपालिका भवन पुरेपछि सेवा प्रवाह प्रभावित भएको हो ।

अविरल वर्षासँगै आएको बाढी र पहिरो गाउँपालिकामा पसेपछि साउन ४ गतेबाट सेवा प्रवाभित भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो ।

गाउँपालिकाको भवन माथिबाट खसेको लेदो र हिलो भरिएको छ । हिलोले सभाहलमा क्षति पुगेको अध्यक्ष लिम्बूले बताउनु भयो । अध्यक्ष लिम्बूले भन्नुभयो,“ गाउँपालिकाकाको भवन माथिबाट पहिरो र बाढीसहितको लेदो भरिएपछि सभाहलमा क्षति पुगेको छ, प्रशासनिक भवन आसपास लेदो र हिलो अत्यधिक पसेका कारण सेवाप्रवाह रोकिएको छ ।

अध्यक्ष लिम्बूले भन्नुभयो- हिलो सरसफाइ र  पहिरो पन्छाउने काम भइरहेको छ, साँझ सम्म सकियो भने भोलिबाट सेवा प्रवाह हुन्छ । आज सेवा प्रवाह गर्न सक्ने अवस्था छैन । पहिरोले स्थानीय सुवास लिम्बूको घरमा क्षति पुर्याएपछि उहाँको १० जनाको परिवारलाइै सुरक्षित स्थानमा सारिएको छ ।

बाढी पहिरोले फक्ताङलुङ गाउँपालिका-४ विपुधापका तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण एक घर पूर्ण विस्थापित र दुई घरमा आंशिक क्षति पुगेको स्थानीय राजीव मावोहाङले बताउनु भयो । फक्ताङलुङ गाउँपालिका-५ सिसावाका चार ओटा घर विस्थापित भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ साँघुका १० घर उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूको भनाइ छ ।

Photo 20240719 Taplejung (3)

Photo 20240719 Taplejung (1)

Photo 20240719 Taplejung (2)

Photo 20240719 Taplejung (4)

Photo 20240719 Taplejung (5)

Photo 20240719 Taplejung (6)

Photo 20240719 Taplejung (7)

Photo 20240719 Taplejung (8)

Photo 20240719 Taplejung (9)

अन्य

भिडियो