सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा खसेको पहिरोमा पुरिएर साउन १ गते एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ०८१ साउन १ गते सिलिचोङ गाउँपालिका-१ की ५५ वर्षीया मोतीमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताउनु भयो ।
पहिरोसँगै खसेको ढुङ्गाले किचेर ५५ वर्षीया मोतीमाया र उहाँकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनु भयो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनु भएको छ ।
घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भएको छ ।