स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ ।
दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूको हाल अदालतमा सम्बन्ध बिच्छेद मुद्दा चलिरहेको सोनमका मामा राजेन्द्र शर्माले बताए ।
अदालतमा मुद्दा दायर भएपछि अलग अलग बस्दै आएको अवस्थामा भदौ १ गते बुधवार साँझ ५ बजेको समयमा सोनम बसेको घरमा पुगेर छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए ।
पत्नीको हत्या गरी आफूले विष सेवन गरको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए ।
सञ्जिव नेपालीको गण्डकी मेडीकल कलेजमा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको डिएसपी बज्राचार्यले बताएका छन् ।