INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सजाय तोकिएका फरार आरोपित वालिङ नगरपालिका– ११ भकभका बस्ने ६५ वर्षीय भिम बहादुर पौडेललाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर भई जिल्ला अदालतको २०७९ चैत २० गतेको फैसलाले ६ महिना १७ दिन सजायको फैसला भएकोमा आरोपित फरार रहेका थिए । पौडेललाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले आरोपितकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

अन्य

भिडियो