बरहथवा नगरपालिका-८ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक ३३ वर्षीय विरेन्द्र कुमार यादवलाई सोही वडाका ३६ वर्षीय महेन्द्र चौधरीले कुटपिट गरेको आरोपमा पीडित शिक्षकले ०८१ असार १८ गते इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ । आरोपित चौधरी स्थानीय युवा क्लवका सचिव हुन् ।
बरहथवा नगरपालिका-८ स्थित जनता माध्यमिक विद्यालयमा ०८१ असार ११ गते अनुगमन गर्न पुगेका आरोपित चौधरी कक्षा कोठामा पठन-पाठन भैरहेको छ कि छैन भनि हेर्न तथा बुझ्न भित्र प्रवेश गरी एक्कसी तिमी किन विद्यालय ढिलो आएको भन्दै विद्यार्थीहरूकै अगाडि कुटपिट गरेको पीडित शिक्षकको आरोप रहेको छ ।
कुटपिटबाट घाइते भएका पीडित शिक्षकको उपचार असार १२ गतेदेखि १४ गतेसम्म बरहथवास्थित स्वास्थ्य केन्द्रमा भयो भने थप उपचार असार १६ गते प्रादेशिक अस्पताल मलंगवामा भयो ।
उजुरी पश्चात आरोपित चौधरी फरार रहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।