INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई कुटपिट घटनाका आरोपित होस्टेल वार्डेन गिरफ्तार

अमरगढी नगरपालिका–५ स्थित क्याम्ब्रीज पब्लिक स्कुलका  होस्टेल वार्डेन महेश नाथले २०८१ असार १७ गते दुई विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । क्याम्ब्रीज पब्लिक स्कुलमा कक्षा पाँचमा अध्ययनरत बैतडी जिल्ला सिगास गाउँपालिका–२ घर भएका १२ वर्षीय भुपेन्द्र धामी र डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–२ का १३ वर्षीय विवेश बोहरालाई वार्डेन नाथले निर्घात कुटपिट गरेका हुन् ।

विद्यालयले सञ्चालन गरेको छात्र होस्टेलमा वार्डेन नाथले ०८१ असार १७ गते बिहान बालकमाथि कुटपिट गरेपछि बालकहरु ठूलो स्वरमा रुँदै गरेका र वार्डेनले आठ्ठी प्रहार गरी बालकलाई कुट्दै गरेका दृश्य स्थानीयले देखेपछि घटना बाहिरिएको हो ।

बालकहरुलाई कुटपिट भइरहेको स्थानीयहरुले देखेपछि असार १७ गते नै प्रहरीलाई खबर गरेपछि आरोपित नाथलाई गिरफ्तार गरी अुनुन्धान भइरहको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर बिरबहादुर थापाले बताउनु भयो ।

कुटपिटबाट घाइते भएका बालकहरुको स्वास्थ्य चेकजाँच तथा उपचार असार १७ गते जिल्ला अस्पताल डडेल्धुरामा गरिएको र गृहकार्य नगरेको भन्दै वार्डेन शिक्षक नाथले होस्टेलमा राखिएका बालकलाई कुटपिट गरेको खुल्न आएको इन्स्पेक्टर थापाले बताउनु भयो ।

संविधानको धारा २९ को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ भने बाल अधिकार ऐनको दफा ७२ मा शरीरिक चोटपटक पु–याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

photo20240701dadeldhura (2)

अन्य

भिडियो