INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्वव्यहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिका माथि यौन दुर्वव्यहार गरेको आरोपमा दुल्लू नगरपालिका–१२ दहका ५६ वर्षीय पदम सार्कीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।

आराेपितले असार १२ गते तरकारी बारीमा बालिका माथि यौन दुर्वव्यहार गरेकाे भन्दै पीडित पक्षले असार १६ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकाे थियाे ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते जिल्ला अस्पतालमा भयो ।

घटनाको थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताउनु भयो ।

अन्य

भिडियो