११ वर्षीया बालिका माथि यौन दुर्वव्यहार गरेको आरोपमा दुल्लू नगरपालिका–१२ दहका ५६ वर्षीय पदम सार्कीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
आराेपितले असार १२ गते तरकारी बारीमा बालिका माथि यौन दुर्वव्यहार गरेकाे भन्दै पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकाे थियाे ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते जिल्ला अस्पतालमा भयो ।
घटनाको थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताउनु भयो ।