१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २८ वर्षीय संतोष कुमार साहविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार ६ गते पीडित पक्षले उजुरी दिनु भएकाे छ ।
पीडितलाई आरोपितले जेठ २८ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
घटनापश्चात आरोपित साह फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।
पीडितकाे स्वास्थ्य परीक्षण असार ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयाे ।