३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-७ का ३४ वर्षीय बालमिकि चौधरीलाई ०८१ असार ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
विगत ६ महिनादेखि पीडितका पति वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बस्दै आएकोमा ०८० चैत ११ गते पीडित घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको भन्दै चैत २२ गते पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको थियो ।
आरोपितलाई ०८१ असार ४ गते गिरफ्तार गरी असार ५ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।