विदेह नगरपालिका-५ मुरिबाकी ३५ वर्षीया मोहिनी मण्डललाई ३० वर्षीय देवर रामबहादुर मण्डलले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
मोहिनीलाई आरोपितले असोज १० गते साँझ ७ बजेको समयमा कुटपिट गरेपछि घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रविन धितालले बताए ।
पारिवारिक विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी धितालले जानकारी दिए । कुटपिटका कारण भाउजूको हत्या भएलगत्तै रामबहादुर फरार भएको प्रहरीले जनायो ।
मृतकको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।