आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा पनि प्रभावित भएको छ ।
हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । शाखा प्रमुख निमा तामाङका अनुसार गोल्जुङ, गतलाङ र थाम्बुचेतका स्वास्थ्यचौकीमा पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी अभाव भएकोले सेवा प्रवाहमा समस्या देखिएको शाखा प्रमुख तामाङले बताउनुभयो ।
सरुवा भएर जाने तर लोक सेवा आयोगबाट स्थायी दरबन्दीका कर्मचारी नआउने कारण समस्या भएको हो । गाउँपालिकाले करार सेवामा लिएका केही कर्मचारीले स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेको र तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको छ । बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउन एसबिए तालिम प्राप्त कर्मचारी आवश्यक पर्दछ ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरमा कर्मचारी नभएपछि सुत्केरी गराउन काठमाडौँ वा त्रिशूली जानु पर्ने बाध्यता रहेको छ ।
पाङलिङ, गेर र नेसिङमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा भने स्वास्थ्यकर्मी रहेका स्वास्थ्य शाखा प्रमुख तामाङले बताउनुभयो ।