१० वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चन्द्रपुर नगरपालिका–६ तल्लो बजारका ४० वर्षीय मनोज गुप्ताविरुद्ध ०८१ जेठ १९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितले जेठ १९ गते ललाईफकाई याैन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध उजुरी दिएको इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनु भयो ।
उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको इन्स्पेक्टर बर्तौलाले बताउनु भयो ।
पीडितको जेठ २० गते चन्द्रपुर अस्पताल चन्द्रपुरमा स्वास्थ्य परीक्षण भयो ।