INSEC Online

📅 २०८३ जेष्ठ २१

याैन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चन्द्रपुर नगरपालिका–६ तल्लो बजारका ४० वर्षीय मनोज गुप्ताविरुद्ध  ०८१ जेठ १९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले जेठ १९ गते ललाईफकाई याैन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध उजुरी  दिएको इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनु भयो ।

उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको इन्स्पेक्टर बर्तौलाले बताउनु भयो ।

पीडितको जेठ २० गते चन्द्रपुर अस्पताल चन्द्रपुरमा स्वास्थ्य परीक्षण भयो ।

अन्य

भिडियो