INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाहका घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३४ वर्षीय श्यामकुमार यादव ०८१ जेठ १८ गते गिरफ्तार भएका छन् ।

नाबालिकालाई ललाई फकाई घरबाट भगाई हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी मन्दिरमा जेठ १८ गते बालविवाह गरेको र सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह गरेको भिडिओ समेत राखेपछि थाहा पाई पीडित परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा सो बारे जानकारी गराएका थिए ।

पीडितकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास गरी आरोपित र पीडित बालिकालाई नियन्त्रणमा लिई जेठ १८ गते जिल्ला प्रहरी कार्यालय ल्याएको डिएसपी ढुण्डीराज नेउपानेले बताउनु भयो ।

पीडितकै घरमा ज्याला मजदुरी गर्ने आरोपित विवाहित रहेको पीडित परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पीडितकी आमाले बालविवाह र बहुविवाहमा कारबाही गर्न जिल्ला प्रहरी कार्यालयसमक्ष माँग गर्नुभएको छ ।

 

अन्य

भिडियो