सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका-७ कल्याणपुरका ५५ वर्षीय बतहु मण्डल भनिने बतहु मण्डल खत्वे ०८१ जेठ १६ गते गिरफ्तार भएका छन् ।
पीडितलाई २०८० साउन ३२ गते राति बलात्कार गरेको भन्दै पीडितकी आमाले ०८० भदौ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनु भएको थियो । आरोपितको नास्ता पसल गएकी पीडितलाई कपालमा लगाउने क्लिप र माला किनी दिन्छु भनी प्रलोभनमा पारी ललाईफकाई खडक नगरपालिका-७ कल्याणपुरस्थित घोघर मण्डलको आँप बगैचामा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ २ गते उजुरी दर्ता गरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीडितको स्वास्थ्य परीक्षण गराएको थियो । आरोपितविरुद्ध भदौ ३ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।