घोरही उपमहानगरपालिका-५ की १६ वर्षीया बालिकालाई बालविवाहको कसुरमा जिल्ला अदालतले सोही ठाउँका २४ वर्षीय दुर्गा नेपालीलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १७ गतेको इजलासले कसुर ठहर गर्दै तीन महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना र ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई नेपालीले ०८० माघ २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । नेपालीलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो ।