INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा कैद सजाय

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका-५ का ३१ वर्षीय मिथुर थापालाई जिल्ला अदालत सर्लाहीले ०८१ जेठ ९ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै नौ वर्ष कैद र १५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्तिकाे दिनु पर्ने फैसला गरेको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०८० भदौ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा असोज ७ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।

अन्य

भिडियो