INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका १७ वर्षीय बालकलाई पर्वत जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश विद्यानाथ पौडेलको ०८१ वैशाख ३० गतेको इजलासले बालकलाई कैद सँगै २ लाख रुपियाँ जरिबानाको सजाय सुनाएको हो ।

पीडित बालिकालाई आरोपितले २०८० कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले ०८० कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० कात्तिक ८ गते नै पर्वत अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो