INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तवीमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दालाई जिल्ला अदालतले मुल्तवीमा राख्ने फैसला गरेको छ ।

१५ वर्षीया बालिकालाई ०७९ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका-३ मोतीगडाका २७ वर्षीय शुक्रबहादुर मगरविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ पुस २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

घटनाका आरोपित ०८१ वैशाख २२ गतेसम्म गिरफ्तारीमा नपरेपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ईङ्गनामको ०८१ वैशाख २२ गतेको इजलासले मुद्दालाई मुल्तबीमा राख्न आदेश दिएको श्रेष्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ मङ्सिर २५ गते गरिएको थियो ।

अन्य

भिडियो