INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठराई गाउँपालिका-३ की २७ वर्षीया कमला दर्जीले ३१ वर्षीय पति वीरबहादुर दर्जीविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ वैशाख १९ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडितले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पतिविरूद्ध उजुरी दिएको असइ रीता पोखरेलले बताउनु भयो ।

कुटपिटबाट घाइते पीडितको जिल्ला अस्पतालमा वैशाख १९ गते उपचार गरिएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो