INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित पति गिरफ्तार

आलिताल गाउँपालिका–२ मटेलाकी ३८ वर्षीया डम्मरीदेवी देउवालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति कर्णबहादुर देउवालाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । घरायसी विवाद हुँदा पति कर्णबहादुरले वैशाख १८ गते पत्नीको टाउकोमा कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

कोदालो प्रहारबाट घाइेत भएकी डम्बराको गांखेत स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको भए पनि वैशाख १९ गते उपचारकै क्रममा मृत्यु भएको आलिताल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोदबहादुर मल्लले बताउनु भयो ।

कोदालो प्रहार गरी पत्नीलाई घाइते बनाएको खबर स्थानीयहरुले सूचना दिए लगत्तै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर कुसुम नायकले बताउनु भयो ।

शवको पोष्टमार्टम वैशाख १९ गते सेती प्रादेशिक अस्पतालमा गरी आफन्तलाई जिम्मा लगाइएको इन्स्पेक्टर नायकले बताउनु भयो ।

अन्य

भिडियो