३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काठमाडौं मनपा–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा–३ घर भएका ३५ वर्षीय सन्तोष परियारलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख १८ गते परपुरूषसँग लागेको आरोपमा कुटपिट गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । पीडित पक्षले घटनाका बारेमा वैशाख १९ गते प्रहरी वृत्त, काठमाण्डौमा उजुरी दिएका थिए ।
मृतकको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल,काठमाण्डौं पठाइएको छ ।