INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धनकौल नगरपालिका-४ का ३९ वर्षीय सुधिर चौधरीलाई ०८१ वैशाख १७ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०८० चैत ९ गते आफ्नै घरमा बोलाइ कोही नभएको माैका छाेपी धाक धम्की दिई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले ०८० चैत २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए ।

आरोपितलाई ०८१ वैशाख १७ गते गिरफ्तार गरी वैशाख १८ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर संगिता पाण्डेले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियाे ।

अन्य

भिडियो