INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बसबरीया गाउँपालिका–६ का २८ वर्षीय अनिल पाण्डेलाई ०८१ वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८० माघ ३ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए ।

आरोपितलाई ०८१ वैशाख १७ गते गिरफ्तार गरी वैशाख १८ गते जिल्ला अदालतबाट तीन दिनको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० माघ १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियाे ।

अन्य

भिडियो