२८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका आरोपित बागमती नगरपालिका–८ का ३४ वर्षीय शिव कुमार महतोविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८१ वैशाख १७ गते मुल्तबीमा राख्ने फैसला गरेकाे छ ।
आरोपितविरुद्ध जिल्ला अदालतमा ०७८ फागुन २३ गते दायर भएको मुद्दा न्यायाधीश सुर्यबहादुर थापाको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा मङ्सिर ६ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय बरहथवाले मङ्सिर ८ गते उजुरी दर्ता गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ मङ्सिर ९ गते जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।