१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १६ सिरवानी घर भई गोदावरी नगरपालिका–१० टाहाखेल बस्ने ३१ वर्षीय सन्तोस राईलाई ०८१ वैशाख १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८१ वैशाख १ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितको खोजी गर्ने क्रममा उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १४ सिरवानी घरबाट गिरफ्तार गरी ललितपुर ल्याइएको प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा वैशाख २ गते गरिएको अस्पतालका डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।