पातारासी गाउँपालिका – ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले वैशाख १६ गते छुमगाउँबाट गिरफ्तार गरेको छ ।
छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई वैशाख १५ गते साँझ ढुङ्गा र धान कुट्ने मुसलले प्रहार गरीे हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतीले जानकारी दिनुभयो ।
डिएसपी कामतीले भन्नुभयो, ‘छोरीको मानसिक सन्तुलन गुमेको र औषधि खाइरहेको भन्ने बुझिएको छ । घाइते भएपछि समयमै अस्पताल ल्याउन नसक्दा मृत्यु भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।’
शवको पोष्टमार्टम वैशाख १६ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भएको र पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाएको डिएसपी कामतीले बताउनु भयो ।