INSEC Online

📅 २०८३ जेष्ठ २१

सौतेनी आमाको हत्या घटनाका आरोपित छोरी गिरफ्तार

पातारासी गाउँपालिका – ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले वैशाख १६ गते छुमगाउँबाट गिरफ्तार गरेको छ ।

छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई वैशाख १५ गते  साँझ ढुङ्गा र धान कुट्ने मुसलले प्रहार गरीे हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतीले जानकारी दिनुभयो ।

डिएसपी कामतीले भन्नुभयो, ‘छोरीको मानसिक सन्तुलन गुमेको र औषधि खाइरहेको भन्ने बुझिएको छ ।  घाइते भएपछि समयमै अस्पताल ल्याउन नसक्दा मृत्यु भएको हो ।  घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।’

शवको पोष्टमार्टम वैशाख १६ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भएको  र पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाएको डिएसपी कामतीले बताउनु भयो ।

अन्य

भिडियो