INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा चार वर्ष कैद

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा बलरा नगरपालिका–४ का ३२ वर्षीय नविनकुमार यादव, ३४ वर्षीय पप्पु भनिने हरिशंकर राय, २९ वर्षीय महेश सहनी र ३१ वर्षीय प्रमोद राय भनिने अमरेशकुमार यादवलगायत चार जनालाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख १३ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधिश सुर्यबहादुर थापाको इजलासले आरोपितहरूलाई चार/चार वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितहरूले ०८० भदौ २१ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बलरामा असोज ४ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

घटनामा संलग्न आरोपितहरू पुर्पक्षका लागि सिन्धुली जिल्ला कारागारमा रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो