INSEC Online

📅 २०८३ जेष्ठ २२

आलमलाई जन्मकैदको फैसला, १७ वर्षपछि पीडितलाई न्यायको अनुभूति

रौतहट जिल्ला राजपुर नपा–४ घर भएका नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहम्मद अफताव आलमसहित चार जनालाई हत्या कसुरमा जिल्ला अदालत रौतहटले वैशाख १३ गते जन्मकैदको फैसला गरेको छ । यो फैसलाले १७ वर्षदेखि न्यायका लागि सङ्घर्षरत पीडित परिवारजनले न्यायको अनुभूति गर्न पाएको यो मुद्दामा आलामको विपक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता पुष्प पौडेलले बताउनु भयाे ।

aalam_Rautahat

उहाँले इन्सेक, नेपाल बार एशोसिएशन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पीडितले न्याय पाउने अवस्था सिर्जना भएको बताउनु भयो । पौडेलले निरन्तरताले न्यायिक निरुपणमा सहयोग गरेको बताउँदै प्रमाण सङ्कलनमा निकै चुनौति व्यहोरेको उल्लेख गर्नु भयो । ‘राज्य संयन्त्रले घटना ढाकछोप गर्न र मुद्दा नचलाउन पटकपटक गरेको प्रयास असफल भएको छ । पीडितको पक्षमा फैसला भएको छ ।’-अधिवक्ता पौडेलले भन्नु  भयो ।

सर्वोच्च अदालतले इन्सेक, नेपाल बार एशोसिएशन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा घटनाको विस्तृत अध्ययन गरी कारवाही गर्नुपर्ने औँल्याएको थियो ।

Rautahat_incident

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा नेपाली कांग्रेसका नेता एवम् आलामका काका शेष इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विष्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै २३ जना घाइते भएका थिए ।

alame

घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमा घाइते र मृतकहरूलाई इटाभट्टाको भट्टीमा हालेर नामोनिसान मेटाएको र घटना लुकाउन आलमले घाइते भएकाहरूमध्ये केहीलाई भारतको अज्ञात स्थानमा उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ उल्लेख थियो ।

Pratibedan_rautahat

घाइते भएका २३ जनालाई आलमले इँटा भट्टामा जिउँदै जलाएर हत्याको गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनु भयो । मुलुकी ऐन २०२० अनुसार आरोपितहरूलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार ढोडारीले बताउनु भयो ।

त्यसैगरी आरोपित मुक्ति साहले सफाइ पाएको श्रेस्तेदार ढोडारीले बताउनुको साथै हालसम्म फरार रहेका आरोपितहरू मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मलाकारको हकमा मुद्दा मुल्तवीमा राखिएको जानकारी दिनु भयो ।

बम बनाउने क्रममा घाइते भएकाहरूलाई जिउदै इँटाभट्टामा जलाई हत्या गरेको आरोपमा प्रहरीले अफताब आलमलाई ०७६ असोज २६ गते गिरफ्तार गरेको थियो ।

सम्बन्धित समाचारहरू

हत्या घटनाको कसुरमा कांग्रेसका नेता आलमसहित चार जनालाई जन्मकैद

गौर घटनाका १५ वर्षः न्यायको पर्खाइमा पीडित र पीडितका परिवार

आलमका आफन्तबाट बदला लिने धम्की दिएको पीडित पक्षको आरोप

‘आलमलाई जेलबाट छुटाउन लागिरहनेछु’-कांग्रेस सभापति देउवा

पुर्व मन्त्री एवम् निलम्बित सांसद अफ्ताव आलम पुर्पक्षका लागि जेल चलान

१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार

कानुनी शासनप्रति आशा जागेको छः इन्सेक

बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित

बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार

इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला

अन्य

भिडियो