INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ वैशाख १३ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

टिकापुर नगरपालिका–३ कटानपुरकी घरेलु हिंसा घटनाका पीडित २९ वर्षीया एलिना चौधरीलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले न्यायिक प्रक्रियामा सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।

जिल्ला अदालत, कैलालीमा अंश सहित सम्बन्धविच्छेदको मुद्धा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण टिकापुरबाट धनगढीस्थित जिल्ला अदालतमा आउनजाँन नै समस्या भएकोले न्यायिक प्रक्रियालाई सहज बनाइ दिन भन्दै  पीडितले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग प्रदान गरेको हो ।

Alina chaudhary-Tikapur (1)

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

पति उमेश चौधरीले लागुपदार्थ सेवन गरी पटकपटक कुटपिट गरिरहने र सासुससुराले पनि खान लाउन नदिएर घर निकाला गरेका कारण घरेलु हिसां सहन नसकेर २०८० फागुन ३० गते जिल्ला अदालतमा अंश सहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको पीडित चौधरीले बताउनु भयो ।

अन्य

भिडियो