कर्जन्हा नगरपालिका—६ की ३७ वर्षीया रेखाकुमारी दास बहुविवाह घटनाका पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सहायता कक्षले ०८१ वैशाख १० गते आर्थिक सहयोग गरेको छ ।
पीडितलाई इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो ।
पीडितले भन्नु भयो– “मेरो ३८ वर्षीय पति मदन दासले गाउँकै ४० वर्षीया शोभादेवी यादवसँग ०८० चैत १२ गते बहुविवाह गरेको मैले थाहा पाएँ पछि जिल्ला प्रहरी कार्यालय धनुषामा चैत २६ गते उजुरी दिएको हो” ।
त्यस्तै, उक्त उजुरीको आधारमा सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चन्द्रकला भट्टराईले जानकारी दिनु भयो ।
पीडितको एक नौ वर्षीया छोरी छिन् । पीडितको आर्थिक अवस्था कमजोर रहेको र जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाट समेत पीडितलाई आर्थिक सहयोग गरिदिनु हुन भनि सिफारिस आएकोले उहाँलाई कानुनी प्रक्रिया र घर खर्चमा मद्दत पुग्ने उद्देश्यले सहयोग गरेको इन्सेकका मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।