शहिद लखन गाउँपालिका-८ वुङ्ककोटका २४ वर्षीय राजन परियार र तनहुँ जिल्ला कलेस्तीकी २६ वर्षीया मन्दिरा थापालाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिला २३ वर्षीया यमुना परियारले भदौ २५ गते प्रहरीमा दिएको उजुरीका आधारमा भदौ २६ उनीहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए ।
एक महिना अघि आरोपितद्वयबिच विवाह भएर सदरमुकाममा राखेको थाहा पाएपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएको बताएकी छन् ।