३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–८ का ३५ वर्षीय नविन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
पीडितलाई ०८० चैत ९ गते आरोपितले आफ्नै घरमा बोलाई बलात्कार प्रयास गरेको भन्दै चैत १५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।
आरोपितलाई ०८१ वैशाख ४ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।