INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित सल्यान कुभिण्डे बनागार नपा-११ पाँचआरेका ३१ वर्षीय तेजबहादुर बिकलाई प्रहरीले भदौ २५ गते सुर्खेतबाट गिरफ्तार गरेको छ ।

सल्यान र सुर्खेतको सीमा क्षेत्र कालीमाटीबाट घर फर्कदै गरेकी ३४ वर्षीय पञ्चकुमारी बिकलाई तेजबहादुरले गुर्भाकोट नपा-२ को जङ्गलमा भदौ २५ गते ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या भएलगत्तै घटनास्थल पुगेका गुर्भाकोट नपा-२ का वडाध्यक्ष नोखबहादुर वलीले दिएको जानकारी अनुसार पतिले पत्नीकै सलको पासोले घाँटीमा बाँधेर ढुङ्गाले टाउकोमा हिर्काएर हत्या गरेका थिए ।

बिकलाई गिरफ्तारपछि भदौ २५ गते साँझ इलाका प्रहरी कार्यालय छिन्चुमा थप अनुसन्धानको लागि पठाइएको गुर्भाकोट नपा-९ साहारे प्रहरी चौकीका इञ्चार्ज कमलकुमार रोकाले बताए । बिकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय छिन्चुका सई मुन्ना सिंले जानकारी दिए । शवको पोष्टमार्टम क्षेत्रीय अञ्चल अस्पताल सुर्खेतमा भएको छ ।

अन्य

भिडियो