१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिराहाले ०८१ वैशाख १ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८० माघ ९ गते बलात्कार गरेको र बालिका १२ हप्ताको गर्भवती भएको जानकारी भएपछि कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।