INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पपछि साँझ बिहानको छाक टार्न महिला गिट्टी कुटेर परिवार पाल्दै

भूकम्पपछि साँझ बिहानको छाक टार्न जाजरकोटका महिला गिट्टी कुटेर परिवार पाल्न थालेका छन् । सदरमुकामका स्थानीयबासीले आवास निर्माणको काम गर्न थालेपछि स्थानीय महिलाले निर्माण कार्यमा चाहिने गिट्टी कुट्न थालेका हुन् ।

भूकम्प अघि श्रम रोजगारी गरी  जिविकोपार्जन गरेका सर्व साधारणलाई बिहान बेलुकाको छाक टार्न मुस्किल भएको छ ।

भूकम्पले घर भत्किएर आवासविहीन भएपछि महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक बढी जोखिममा परेका छन् । श्रम रोजगारीबाट पसिना बगाएर ल्याएको रकमले छाक टारेका भूकम्प पीडित घर भत्किएर घरवारविहीन भएपछि बिचल्लीमा परेका छन् । आम्दानीको स्रोत नभएपछि श्रम गरी परिवारको खर्च धानेका सर्वसाधारणको दैनिकी दयनीय अवस्थामा गुर्जिएको छ ।

अस्थायी आवासमा रात काट्दै आएका भूकम्प पीडित महिलालाई साँझ बिहानको छाक टार्नका लागि गिट्टी कुटने कार्य सहारा बनेको छ । भेरी नगरपालिका–१ तिमिलेकी रामकला खड्काले गाँउको घर भूकम्पले भत्कायो, घर बनाउने रकम छैन सरकारले अस्थायी आवास बनाउन दिएको २५ हजार रुपियाँ पहिलो किस्ताले आवास बनायाँै, दोस्रो किस्ता पाएपछि आवासको ऋण तिर्ने योजना बनायौँ तर पाँच महिना वित्दासमेत सरकारले नदिदाँ ऋण तिर्न समस्या भएको गुनासो गर्नु भएको छ । रामकलाका अनुसार परिवार पाल्न धौ भएको र राजगारीको विकल्प अन्य नभएको अवस्थामा १० जना महिलाले गिट्टी कुट्न सुरु गरेको जानकारी दिनु भएको छ । गाँउमा रोजगारी छैन घर भूकम्पले क्षति बनायो श्रम रोजगारी पनि पाइदैन, खलंङ्गामा निजी आवास निर्माण हुन थालेका छन् । गिट्टी कुटेर परिवारको मुहारमा खुसी ल्याउन सकिने आशामा दिनभरीको गर्मीमा काम गर्नु परेको रामकलाले दुखेसो पोख्नु भएको छ ।

भेरी नगरपालिका–१ डौरीकाडाँकी सीता सुनारले भूकम्पले घर भत्काएपछि गाँउमा रोजगारी, कृषि पेशाका लागि प्रयाप्त जमिन नहुदाँ श्रम गरि बिहान बेलुका खानाको जोहो गर्न सदरमुकाममा गिट्टी कुट्न बाध्य भएको बताउनु भयो । दिनभरी गिट्टी कुटेर बेलुका त्रिपालमुनिको बसाई छ । एक हप्तामा एक टयाक्टर बनाउँछु ५ हजार रुपियाँमा आवास निर्माण गर्न थालेका साहुले खरिद गर्ने गरेको बताउनु भयो ।

पेटभरी खानाका लागि चैत वैशाखमा दिनभरीको गर्मीमा बसेर ढुङ्गा फुटाउने गरेकी छु । सरकारले उचित व्यवस्थापन नगर्दा आर्थिक अवस्था कमजोर भएका दलित महिलाले दुख पाउने गरेको डौरीकाडाँकी सुनारले बताउनु भयो । एक बोरा चामल, लत्ता कपडा दिनु भन्दा सरकारले सीपमुलक कार्यव्रmम संचालन गरि महिलालाई आत्मनिर्भर बनाउनु पर्ने सुनारले सुझाव दिनु भएको छ । सरकारले खानेकुरा दिनु भन्दा ज्ञान सीप दिदा सर्वसाधारणले रोजगारी पाउने उहाँले गर्नु भयो । सदरमुकाम खंलङ्गामा करिब एक दर्जन महिला गिट्टी कुट्न थालेका छन् । बजारमा गिट्टीको माग बढदै गएपछि बेरोजगार महिला दिनभरको गर्मीमा खुल्ला आकासमा बसी गिट्टी कुट्न बाध्य भएका छन् ।

भूकम्पछि आवास, नाना र खाना नपाएका जनतालाई रोजगारीको माध्यमबाट आत्मनिर्भर बनाउन सरकारले महिला, बालबालिकालाई क्षमता विकास कार्यक्रममा बजेट खर्च गरि आत्मनिर्भर बनाउन स्थानीय सरकारले पहल गर्नु पर्छ । स्थानीय तहले महिलाको नाममा बजेट विनियोजन गरे पनि गाँउ वस्तीका गिट्टी कुट्ने महिलाको दिनचर्या बदलिन सकेको छैन ।

भूकम्प अघि खेतिपाती तथा कृषि पेशा गर्ने महिला हाल जिविकोपार्जनका लागि गिटी कुट्न थालेका छन् ।
20240415Jajarkot

अन्य

भिडियो