INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका १७ वर्षीय बालक ०८० चैत २७ गते हाजिर भएका छन् ।

जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले हाजिर भएका बिज्याईकर्ता बालकलाई बालसुधार गृहमा पठाउने आदेश गरेको छ ।

विष्णुपुर गाउँपालिका–१ का २८ वर्षीय ललन मैरताले चलाएको मोटरसाइकल पछाडि सवार तिरहुत गाउँपालिका–५ लोहजराका बालकले घर पुर्‍याइ दिने भनी विश्वास दिलाइ हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित घरमा ०७९ जेठ १४ गतेदेखि जेठ १८ गतेसम्म बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितकी आमाका अनुसार कसैलाई भनेमा घरपरिवारका सदस्य समेतको ज्यान बेपत्ता पारिदिने भनी धम्क्याएकाले पीडितले साथीको दिदीको विहेमा गएको भनेर घरमा ढाँटेकी थिइन् । आरोपितले पुस २६ गते बाटो छेकी पुनः शारीरिक सम्पर्क राख्न दवाव दिएपछि भागेर रुदै घर आएकी पीडितले अघिल्लो घटनाका बारेमा समेत बताएको पीडितकी आमाले बताउनु भयो ।

पीडितलाई बन्धक बनाइ बलात्कार गरेको घटना ढिलो गरी जानकारी भएकाले प्रहरी कार्यालयमा ढिलो उजुरी गरिएको पीडित परिवारका सदस्यले बताए ।

आरोपितले पुस २६ गते बाटो छेकी पुनः शारीरिक सम्पर्क राख्न दवाव दिएपछि भागेर रुदै घर आएकी पीडितले अघिल्लो घटनाका बारेमा समेत बताएपछि मात्र घटनाको बारेमा जानकारी भएको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ पुस २९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान पश्चात माघ २५ गते उजुरी दर्ता गरेको थियो । आरोपितहरु विरुद्ध ०७९ फागुन २२ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतमा ०८० जेठ ८ गते अभियोजन पत्र दायर भएको थियो । मोटरसाइकल चालक ललन मैरता ०८० असार २८ गते गिरफ्तार भएका थिए । न्यायाधीश नविनकुमार जोशीको इजलासले आरोपित ललन ०८० असार २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यसअघि जिल्ला न्यायाधीश संजिब पोखरेलको इजलासले ०८० चैत २१ गते अर्का आरोपित हनुमाननगर कंकालिनी नगरपालिका–३ का बिष्णुदेब लगरवारलाई ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

अन्य

भिडियो