१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित गोलबजार नगरपालिका—४ का ३२ वर्षीय ओपेन्द्र भन्ने ओपिन्दर यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० चैत २५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्याधीश आन्नदराज पन्तको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितले बालिकालाई ०७८ भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ ९ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ९ गते भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयाले उजुरी दर्ता गर्यो । ०७९ भदौ ६ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहित पक्राउ पुर्जी जारी भएपनि आरोपित हालसम्म गिरफतार भएका छैनन् ।