INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिटसहित सञ्चार सामग्रीमा क्षति पुर्‍याइएको पीडित पत्रकारको आरोप

हरिनगर गाउँपालिका–७ घुस्कीका २७  वर्षीय पत्रकार ब्रहमदेव मेहताले समाचारका सङ्कलनका क्रममा हरिनगर गाउँपालिका–२ का ३५ वर्षीय फिरोज अञ्सारी, २७ वर्षीय दिलसाद सीद्धिकी र २६  वर्षीय समसीर अञ्सारीले कुटपिट गर्नुका साथै सञ्चार सामग्रीमा क्षति पुर्‍याइएको आरोप लगाउनु भएको छ ।

हरिनगर गाउँपालिका–२ मरिया खोला नजिक ०८० चैत २३ गते हिन्दू र मुस्लिम समुदायका युवाबिच भएको तनावका विषयमा रिपोटिङ्ग गरिरहेको अवस्थामा आरोपितहरुले कुटपिट गर्दै डिएसएलआर क्यामरा फुटाएको पीडितले बताउनु भयो ।

दुवै समुदायका युवाबिच झडप भएको र सो घटनाको नमो अनलाइनबाट प्रत्यक्ष प्रसारण गरीरहेको अवस्थामा आरोपितहरुले कुटपिट गरी क्यामरा फुटाएको पीडित पत्रकारको आरोप छ ।

आरोपितहरुले पत्रकार रवीन्द्र यादव, जुगेश दासलाई कुटपिट गरी सञ्चार सामग्रीमा क्षति पुर्‍याइएको पीडित पत्रकारको आरोप छ ।

पत्रकारमाथि कुटपिट भएको विषयमा पत्रकारसम्वद्ध सङ्घसङ्गठन चैत २३ गते विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

मानव अधिकारसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।

अन्य

भिडियो