२१ वर्षीया महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा तनहुँको खैरेनीटार गाउँपालिका–७ का ४५ वर्षीय हरि परियार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० चैत २२ गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले चैत २ गते राम्रो काम लगाइदिने प्रलोभन देखाएर शिवपुरी गेष्ट हाउसमा लगेर बलात्कार गरेको र दोस्रो पटक चैत ७ गते बुटवलस्थित होटल मकालु एण्ड रेष्टुरेण्टमा लगि बलात्कार गरेको भन्दै पीडित महिलाले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
घटनाका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते भिम अस्पताल, भैरहवामा भयो ।